विश्व

टेस्लाको विद्युतीय कारको वितरणमा गिरावट

इकागज |
चैत २१, २०८० बुधबार १२:५८ बजे

काठमाडौँ- एलन मस्कको विद्युतीय कार टेस्लाको वितरणमा गिरावट आएको छ । सन् २०२४ को पहिलो तीन महिनामा टेस्लाको विद्युतीय कारको वितरण घटेको बीबीसीले जनाएको छ ।

विद्युतीय गाडी निर्माता टेस्लाले आफ्नो युरोपेली कारखानामा आगलागी, विश्वव्यापी ढुवानी अवरोध र अन्य चुनौतिहरूको सामना गर्दा वितरण वर्षको पहिलो तीन महिनामा तीव्र रूपमा घटेको हो ।


टेस्लाले तीन महिनामा केवल ३ लाख ८७ हजार विद्युतीय कारमात्र ग्राहकलाई हस्तान्तरण गर्न सकेको हो जुन त्रैमासिक हिसाबमा एक वर्षकै कम हो । साथै वार्षिक हिसाबमा ८ प्रतिशतले गिरावट हो ।

यससँगै टेस्लाको शेयर मूल्य ४ प्रतिशतले घटेको छ ।

बीबीसीले जनाएअनुसार त्रैमासिक रुपमा सन् २०२० पछि पहिलोपटक टेस्लाको वितरणमा गिरावट आएको हो । साथै टेस्लाको विद्युतीय कारको वितरण सन् २०२२ पछिकै न्यून रहेको बीबीसीले जनाएको छ ।


Author

थप समाचार
x