विश्व

स्पटिफाइले ल्यायो 'पर्सनालाइज्ड एआई प्लेलिस्ट'

इकागज |
चैत २६, २०८० सोमबार १३:३५ बजे

काठमाडौँ- स्वेडिस अडियो स्ट्रिमिङ र मिडिया सर्भिस प्रदायक कम्पनी स्पटिफाइले 'पर्सनालाइज्ड एआई प्लेलिस्ट' सुविधा ल्याएको छ ।

स्पटिफाइले सोमबार बेटामा एआई प्लेलिस्ट ल्याएको टेकक्रन्चले जनाएको हो । पर्सनालाइज्ड एआई प्लेलिस्टले प्रयोगकर्तालाई लिखित प्रम्प्टहरूमा आधारित प्लेलिस्ट बनाउन अनुमति दिनेछ ।


यो सुविधा सुरुमा बेलायत र अस्ट्रेलियामा एन्ड्रोइड र आईओएस उपकरणहरूमा प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने बताइएको छ ।

स्पटिफाइले आफ्नो एआई र मेसिन लर्निङ अनुभवहरूको लागि तेस्रो-पक्ष उपकरणहरूको प्रयोग गर्दै आएको छ ।


Author

थप समाचार
x