विश्व

अमेरिकी सरकारी परामर्श फर्मबाट ३ लाख ४० हजार सामाजिक सुरक्षा नम्बरहरू चोरी

इकागज |
चैत २७, २०८० मंगलबार १२:११ बजे

काठमाडौँ- अमेरिकाको सरकारी परामर्श फर्मबाट ह्याकरहरूले ३ लाख ४१ हजारभन्दा बढी सामाजिक सुरक्षा नम्बरहरू चोरी गरेका छन् ।

टेकक्रन्चले जनाएअनुसार परामर्श फर्म ग्रेलक म्याककिनन एसोसिएट्स (जीएमए)बाट ह्याकरहरूले ३ लाख ४१ हजार ६ सय ५० सामाजिक सुरक्षा नम्बरहरू चोरी गरेका हुन् ।


जीएमएले ह्याकरहरूले उक्त तथ्यांक चोरी गरेको खुलासा गरेको टेकक्रन्चले जनाएको छ ।

जीएमएले सन् २०२३ को मे महिनामा आफ्नो वेबसाइटमा साइबर आक्रमण भएको भन्दै सेवाग्राहीलाई इमेल पठाएको थियो ।

जीएमएले नागरिकका मुद्दा ल्याउने अमेरिकी न्याय विभागसहितका कम्पनीहरू र अमेरिकी सरकारी एजेन्सीहरूलाई आर्थिक र कानूनी सहायता प्रदान गर्दै आएको छ ।


Author

थप समाचार
x