विश्व

स्मार्टफोनको बजार ७.८ प्रतिशतले बढ्दा सामसङ सबैभन्दा अगाडि

इकागज |
बैशाख ३, २०८१ सोमबार १३:५८ बजे

काठमाडौँ- विश्वव्यापी रुपमा स्मार्टफोनको बजार ७.८ प्रतिशतले बढेको छ । आईडीसी ट्र्याकरले जनाएअनुसार सन् २०२४ को पहिलो त्रैमासमा स्मार्टफोनको बजार ७.८ प्रतिशतले बढेको हो ।

विश्वव्यापी रुपमा २०२४ को पहिलो त्रैमासमा २८९.४ मिलियन स्मार्टफोन बजारमा पुर्‍याइएको आईडीसीले जनाएको हो ।


यसअघि सन् २०२३ मा एप्पलको बजार ठूलो भएपनि सन् २०२४ को पहिलो त्रैमासमा भने सामसङ अगाडि रहेको तथ्यांकले देखाएको छ । एप्पल पछि तेस्रो स्थानमा चिनियाँ स्मार्टफोन साओमी रहेको छ ।

सामसङले २०.८ प्रतिशत बजार हिस्सा ओगट्दा एप्पलको १७.३ तथा साओमीको १४.१ प्रतिशत रहेको छ ।


Author

थप समाचार
x