विश्व

बोइङका कारण २०० मिलियन डलर घाटा लागेको युनाइटेड एयरलाइन्सको आरोप

इकागज |
बैशाख ५, २०८१ बुधबार १३:२२ बजे

काठमाडौँ- अमेरिकाको युनाइटेड एयरलाइन्सले बोइङका कारण यस वर्षको पहिलो तीन महिनामा आफ्नो आम्दानीमा २ सय मिलियन अमेरिकी डलर क्षति भएको आरोप लगाएको छ ।

गत जनवरीमा अलास्का एयरलाइन्सको उडानमा 'मिड-एयर केबिन ब्लाआउट' भएपछि युनाइटेड एयरलाइन्सले आफ्नो बोइङ ७३७ म्याक्स ९ फ्लीटलाई तीन हप्ताका लागि ग्राउन्ड गर्न बाध्य भएको बीबीसीले जनाएको छ ।


जसका कारण पहिलो त्रैमासमा करबाहेक १ सय ६४ मिलियन डलर घाटा भएको युनाइटेड एयरलाइन्सले जनाएको हो ।

तर, वाल स्ट्रिटले अपेक्षा गरेभन्दा युनाइटेड एयरलाइन्सको घाटा कम हुनुका साथै शेयर मूल्य भने ५ प्रतिशत भन्दा बढीले बढेको थियो ।

अप्रिल महिनाको सुरुवातमा बोइङले अलास्का एयरलाइन्सलाई क्षतिपूर्तिस्वरूप १ सय ६० मिलियन डलर तिरेको थियो ।


Author

थप समाचार
x