विश्व

साउदी अरेरिबायाको सैन्य विमानद्वारा यमनमा लगातार बमबारी

इकागज |
कात्तिक ८, २०७८ सोमबार १२:४५ बजे

काठमाडौँ- साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब सहरमा लगातार बमबारी भएको छ । बमबारीमा परि भएको क्षतिबारे भने केही बताइएको छैन । तर पनि निरन्तर केही दिनयतादेखि त्यहाँ बमबारी भएको अधिकारीहरूले जनाएका छन् । 

मारिब यमनका विद्रोहीहरूको कब्जामा रहेको सहर हो । उक्त सहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रूपमा यहाँका विद्रोहीबिरुद्धमा कारबाही गर्दै आएको अधिकारीहरूले बताएका छन् ।


तेलको धनी मानिने यो सहर यमनका हुथी विद्रोहीहरूको कब्जामा रहेको छ । समय-समयमा यहाँको सरकारी सेनाले पनि फिर्ता लिने गरेको यो सहरमा प्रायः हुथीहरूले नै कब्जा गर्ने गरेका छन् । उनीहरूको कब्जाबाट मुक्त गर्न नै शनिबारदेखि साउदी अरेबियाको सेनाले निरन्तर रूपमा बमबारी गरिरहेको बताइएको छ । यमनमा विगतका कैयौँ वर्षदेखि विद्रोहीहरूले संघर्ष गर्ने गरेका छन् ।

उनीहरूले खासगरी तेलको धनी भएकाले यही सहरमा नै कब्जा जमाउने गरेका छन् । केही समयअघि सो सहरमा साउदी अरेबिया सरकारको सेनाले गरेको आक्रमणका क्रममा कैयौँ मानिस मारिएका थिए ।  सिन्ह्वा


Author

थप समाचार
x