प्रमुख समाचार

रुसले किभमा पूर्ण क्षमतामा आक्रमण गर्ने तयारी गरेको युक्रेनी रक्षा अधिकारीको चेतावनी

रुसले-किभमा-पूर्ण-क्षमता

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:४ बजे

युक्रेनी रक्षा अधिकारीहरूले रुसले पूर्ण क्षमतामा राजधानी किभमाथि आक्रमण गर्ने तयारी गरिरहेको चेतावनी दिएका छन् ।

बीबीसीका अनुसार युक्रेनको सेनाले दिएको पछिल्लो जानकारी अनुसार मस्कोका बलले आक्रमणका लागि आवश्यक सामाग्रीहरू जम्मा गर्न थालेको छ ।

त्यसको तयारी स्वरूप किभ नजिकै रहेको ईर्पीन शहरमा बख्तरबन्दसहित अन्य हातहतियार बोकेका गाडीहरू अघि बढिरहेको बताइएको छ ।

रुसी कमान्डरहरूले अघि बढ्ने क्रममा रहेका आफ्ना सेनालाई बेलारुसबाट ल्याइएको तेल उपलब्ध गराइरहेको सेनाले सूचना दिएको बताइएको छ ।



Author

थप समाचार
x