ब्रान्‍ड

एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत तीन जनाले पाए स्कुटर

इकागज | कात्तिक २२, २०८०

काठमाडाैँ – एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ३ जना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ ।

बम्पर पुरस्कार जित्न सफल सात जना ग्राहकहरू मध्ये मंगलबार ३ जना ग्राहकलाई छुट्टा छुट्टै कार्यक्रम माझ विराटनगर, धनगढी र हेटौडामा स्कुटर हस्तान्तरण गरिएको हो । 

विराटनगरस्थित एनसेल सेन्टरमा एक कार्यक्रम माझ अभिनेत्री प्रियंका कार्कीले सुनसरीका रोहन शर्मालाई बम्पर पुरस्कार हस्तान्तरण गरेकी छन् ।

त्यस्तै मंगलबार नै धनगढीस्थित एनसेल सेन्टरमा आयोजित कार्यक्रममा अभिनेत्री केकी अधिकारीले गोमा कुमारी खराललाई बम्पर पुरस्कार हस्तान्तरण गरेकी हुन् ।​

त्यसैगरी एनसेल सेन्टर हेटौडामा एनसेलका प्रोडक्टस् डाईरेक्टर विशाल नेगीले चितवनकी रिना ढकाललाई पनि बम्पर पुरस्कार हस्तान्तरण गरेका छन् । 

उक्त याेजना एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ब्रान्ड प्रतिबद्धता ‘हामी तपाईंकै लागि’ अन्तर्गत संचलान गरिएका पहलहरू मध्ये एक भएकाे कम्पनीले जनाएको छ ।

भाद्र ३१ देखि २८ दिनसम्म सञ्चालनमा रहेको यस योजनामा प्रत्येक ग्राहकलाई दैनिक स्योर प्राइज प्रदान गरिएको थियो र एनसेल सम्बन्धी उत्कृष्ट नारा पठाउने १,००० ग्राहकहरूलाई हरेक हप्ता १०० रुपैयाँ बोनस ब्यालेन्स प्रदान गरिएको थियो ।

यस योजना अन्तर्गत दैनिक रुपमा ग्राहकहरूलाई प्रदान गरिएको स्योर प्राइजहरूमा डिजिटल सेवाहरू, ब्यालेन्स, डाटा, टक टाइम र एसएमएसहरू रहेका थिए । 

साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्य हुन ग्राहकहरूले सर्त अनुसार एनसेलको बारेमा नारा पठाउन पठाएका थिए र यस अवधिमा देशभरका ग्राहकबाट कम्पनीले ४५,००० भन्दा बढी नाराहरू प्राप्त गरेको थियो ।

साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका विजेताहरू क्रिएटिभ एजेन्सीमार्फत गरिएको नाराहरूको मूल्याङ्कन र विजेता छनोट प्रक्रियाको एक अडिट फर्मद्वारा गरिएको परीक्षणको आधारमा छानिएका थिए ।

यस योजना अन्तर्गत एनसेलले बम्पर पुरस्कार स्वरूप ७ जना विजेतालाई स्कुटर उपलब्ध गराउने घोषणा गरेको थियो । बाँकी रहेका ४ जना विजेताहरूले बम्पर प्राइज कार्तिक २२ र २३ गते प्राप्त गर्नेछन् । 

मंगलबार दिउँसो धनगढी र धरानस्थित एनसेल सेन्टरमा ग्राहक भेटघाट कार्यक्रमको पनि आयोजना गरेको कम्पनीले जनाएको छ ।

यस कार्यक्रममा अभिनेत्री केकी अधिकारीेले धनगढी एनसेल सेन्टरमा र नायिका प्रियंका कार्कीले धरानको एनसेल सेन्टरमा आएका ग्राहकहरूसँग अन्तरक्रिया गर्नुका साथै मंगलबार १०० रुपैयाँभन्दा बढीको रिचार्ज गर्ने ग्राहकहरूलाई एनसेलका विभिन्न उपहारहरू प्रदान गरेकी थिइन् ।

टेक स्टूडियोले ल्यायाे एक्यूफिट स्मार्टवाचको खरिदमा निःशुल्क मोबाइल अफर

इकागज | कात्तिक १७, २०८०

काठमाडौँ– टेक स्टुडियो प्रालिले 'एक्यूफिट स्मार्टवाचको हरेक खरिदमा नि:शुल्क मोबाइल फोन प...

एआईको साथमा उद्योगलाई पुनःआकार दिँदै मोडल र एप्लिकेसनको विशाल दायरा प्रस्तुत गर्दै 'हुवावे क्लाउड'

इकागज | कात्तिक १४, २०८०

काठमाडौँ – हुवावे कनेक्ट २०२३ मा 'हुवावे क्लाउड ग्लोबल इकोसिस्टम'का अध्यक्ष काङ निङल...

'बाँडौँ खुसी चढौँ सुजुकी' योजनामा भक्तपुर निवासी राजिप नागाले जिते सुनको सिक्का

इकागज | कात्तिक ३, २०८०

काठमाडौँ- भि.जि. अटोमोबाईल्स प्रा.लि.ले यहि कार्तिक २ गते टेकु सोरुममा गरिएको फेसबुक लाईभ मार्फत दोस्र...

ह्वावेसँगको सहकार्यमा चाइना मोबाइलले सगरमाथामा पहिलो एफटीटीआर–बी नेटवर्क जोड्ने

इकागज | असोज ३०, २०८०

बेइजिङ– चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बत...

एलजीकाे दाबी: टिभी र होम अप्लाइन्सेसका लागि ग्राहकहरूको सन्तुष्टिमा शीर्ष स्थान

इकागज | असोज ३०, २०८०

काठमाडौँ – एलजी इलेक्ट्रोनिक्सले टिभी र प्रमुख होम अप्लाइन्सेसको लागि २०२३ अमेरिकी कस्टमर स्या...