ब्रान्‍ड

ग्रेट वाल मोटर्सको वीन्टर अफर : दि लक्सरी ड्राइभ र गियर अप फर ग्रेट डिल्स

इकागज | पुस ४, २०८०

काठमाडौँ- नेपालमा जि.डब्लु.एम सवारी साधनहरूको आधिकारिक वितरक, भि.जि. इम्पेक्स प्रा. लि. ले, लक्जरी, सेभिङ साथै अन्य फाइदाहरूका साथ वीन्टर अफर ल्याएको छ । यो सिजनमा यी उत्कृष्ट प्रस्तावहरू लक्जरी ड्राइभको आनन्द लिन चाहने कार उत्साहीहरूलाई विशेष अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।

लक्जरी ड्राइभ खोज्नेहरूका लागि, जि.डब्लु.एमले दि लक्जरी ड्राइभ प्रस्ताव ल्याएको छ । यो अफरमार्फत विद्युतीय सवारीसाधन उत्साहीहरूले जि.डब्लु.एमका प्रिमियम र परिष्कारको अनुभव लिन सक्नेछन्, जसमा रु ३ लाखसम्मको फाइदाहरू छन् । ९.४९ लाखको डाउन पेमेन्टमा रेट्रो–मोर्डनिस्टिक ओरा ०३ इभीले वातावरणीय चेतनासँग अत्याधुनिक प्रविधिको संयोजनसहितको पहिले अनुभव नगरिएको ड्राइभिङ अनुभव प्रदान गर्दछ ।

जि.डब्लु.एमको गियर अप फर ग्रेट डिल्स अफरको साथ ग्राहकहरूले जि.डब्लु.एमका प्रिमियम एसयूभीहरूमा आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, फ्रि एक्सेसरिज र निःशुल्क व्यापक बीमासहित धेरै सुविधाहरूको आनन्द लिन सक्नेछन् ।

यो विशिष्ट प्याकेजले ग्राहकहरूलाई आकर्षित गर्नुका साथै पर्याप्त बचत र अतिरिक्त सुविधाहरूको मजा लिन सक्नेछन् । चाहे प्रिमियम एसयूभी होस वा विद्युतीय सवारी होस् जि.डब्लु.एम सँग प्राथमिकता र जीवनशैली अनुरूप विभिन्न विकल्पहरू रहेका छन् । कम्पनी ग्राहकहरूलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्न प्रतिबद्ध छ, र यो अफरहरू त्यस प्रतिबद्धताको प्रमाण हो । लक्जरी ड्राइभ र गियर अप फर ग्रेट डिल्स यस सिजनमा ग्राहकहरूलाई आनन्द र उत्साह प्रदान गर्न विशेष रूपमा तयार पारिएको छ ।

भि.जी. इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो । वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरूमा अत्यधिक सफलताको आनन्द लिएपछि भि.जी. इम्पेक्स/ग्रेट वाल मोटर नेपालले यी लोकप्रिय गाडीहरू नेपाल ल्याउन सफल भएको छ । जि.डब्लु.एम नेपालले आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवाहरूलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरू थप्दै सेवा सुविधाहरूमा वृद्धि ल्याइरहेको छ । कम्पनीले उपभोक्ताहरूलाई नयाँ र वृहत सेवाहरू प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ । 

‘दि नेपाल डिस्टीलरिज’ ले ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने

इकागज | मंसिर १९, २०८०

काठमाडौँ- नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टीलरिज’ ले आफ्ना उपभोक्ताक...

शौर्य सिमेन्टले 'शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०' आयाेजना गर्ने

इकागज | कात्तिक २३, २०८०

काठमाडौँ– शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले यस वर्षदेखि आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्त्व...

‘अरिजीत सिंह लाईभ इन नेपाल’ कन्सर्टको टाईटल स्पोन्सरमा क्लोजअप नेपाल

इकागज | कात्तिक २३, २०८०

काठमाडौँ – विश्वव्यापी दन्त स्वास्थ्य ब्रान्डको रूपमा नाम कमाएको क्लोजअप नेपाल, यादगार पलहरू बन...