कोभिड-१९

कोरोना सङ्क्रमण बढेपछि भारतमा फेरि नयाँ निर्देशिका जारी

इकागज | चैत ११, २०७७

नयाँ दिल्ली : भारतमा कोरोनाभाइरसको सङ्क्रमण फेरि तीव्र रूपमा वृद्धि भएपछि नयाँ निर्देशिका जारी गरिएको छ । केन्द्रीय सरकारले मङ्गलबार नयाँ निर्देशिका जारी गर्दै महामारी नियन्त्रणका उपायहरू अपनाउन सबैलाई आह्वान गरेको छ । 

भारतमा पछिल्लो विवरणअनुसार थप ४० हजार ७१५ जना नयाँ सङ्क्रमित भएका छन् भने थप १९९ जनाको कोरोनाका कारण निधन भएको छ ।   गत जनवरीको अन्त्यतिर दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्या घटेर नौ हजारसम्म पुगेकोमा भारतमा अहिले ४० हजारभन्दा बढी पुगेको हो ।  

अघिल्लो हप्तादेखि नयाँ सङ्क्रमितहरूको सङ्ख्यामा एकाएक तीव्र वृद्धि हुँदै आएको तथ्याङ्कमा देखिएको छ । नयाँ निर्देशिका मङ्गलबार जारी गरिएको भए पनि लागू भने अप्रिदेखि मात्रै हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । 

निर्देशिका लागू हुन थालेपछि देशभरी नै परीक्षणको दायरासमेत अझ बढाइने उनीहरूको भनाइ छ । गृह मन्त्रालयद्वारा जारी वक्तव्यमा देशका सबै भागमा कोरोनभाइरसविरुद्ध अपनाउनु पर्ने सबै मापदण्ड पालना गर्न/गराउन सबैलाई आग्रह गरिएको छ । 

कोरोनाको परीक्षण, खोप लगाउने अभियानसँगै सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, नियमित हात धुने वा सेनिटाइजर लगाउनेलगायतका आधारभूत स्वास्थ्य सतर्कताहरू पनि पालना गर्न सरकारले सबैलाई आग्रह गरेको छ । (सिन्ह्वा)

अस्ट्राजेनिका खोप गम्भीर विरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी : अमेरिकी अध्ययन

इकागज | चैत १०, २०७७

वासिङ्टन : कोरोना भाइरसविरुद्ध प्रयोग हुदै आएको अस्ट्राजेनिका खोप गम्भीर बिरामी हुनबाट रोक्न शतप्रतिशत प्र...