कोभिड-१९

भारतबाट १० लाख डोज कोभिड खोप आज आउँदै

इकागज | फागुन ९, २०७७

काठमाडौँ : भारतको सेरम कम्पनीले उत्पादन गरेको १० लाख डोज कोडिभ १९ विरुद्धको खोप आज आइपुग्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती निकालेर आइतबार दिउँसो भारतको सेरम कम्पनीले उत्पादन गरेको १० लाख डोज कोभिड खोप आइतबार आइपुग्ने जनाएको हो । सरकारले २० लाख डोज खोप खरिद प्रक्रिया अगाडी बढाएको छ । 

सरकारले भारतसँग खरिद गरेर ‘कोभिशिल्ड’ खोप ल्याउन लागेको हो । दिल्लीबाट एयर इण्डियाको जहाजबाट ल्याउन लागिएको खोप दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्ने मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । खोप ल्याएपछि टेकुमा रहेको भण्डारण स्थलमा राखिनेछ । त्यसपछि फागुन २३ देखि कोभिड खोप अभियान अन्तर्गत जिल्ला स्वास्थ्य कार्यालयमार्फत वितरण हुनेछ । 

सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरेर खोप ल्याउन लागेको हो । भारतीय कम्पनीले सबै भुक्तानी दिएपछि मात्रै खोप उपलब्ध गराउन सकिने भनेपछि सरकारले ऐन संशोधन गरेर खोप खरिद प्रक्रिया अगाडी बढाएको हो । 

यसअघि भारतले १० लाख डोज खोप अनुदान दिएको थियो । सो खोप पहिलो चरणमा फ्रन्टलाइनरलाई वितरण गरिएको थियो । 

 


 

२० प्रतिशत जनसंख्‍यालाई पुग्‍ने कोभ्याक्स खोप फागुन मसान्तसम्म आइपुग्‍ने

इकागज | फागुन ८, २०७७

काठमाडौँ  : सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड-१९ विरुद्धको ‘कोभिशिल्...

कोभिड खोप लगाउँदा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन विवेकशील साझाको माग

इकागज | फागुन २, २०७७

काठमाडौँ : विवेकशील साझा पार्टीले कोभिड-१९ विरुद्धको खोप लगाउँदा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन...