कोभिड-१९

राष्ट्रसंघ महासचिव गुर्टेरसले लगाए कोभिड-१९ विरुद्धको खोप

इकागज | माघ १६, २०७७

काठमाडौँ : राष्ट्रसंघका महासचिव एन्टोनियो गुर्टेरसले बिहीबार कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । उनले बिहीबार न्यूयाेर्कमा पहिलो डोज लगाएका हुन् । राष्ट्रसंघले नै उनले खोप लगाएको बारे जानकारी दिँदै सबैलाई खोपकाे विषयमा फैलिएको भ्रम चिर्न खोजेको छ ।

महासचिव गुर्टेरसले आफ्नो ट्वीटरमार्फत पनि खोप लगाउन आफू भाग्यशाली र कृतज्ञ भएको बताएका छन् । साथै उनले अन्तर्राष्ट्रिय समुदायलाई यो खोप सबैको लागि यथोचित रुपमा उपलब्ध गराउँदै नागरिकलााई सुनिश्‍चित गर्नुपर्ने बताएका छन्  ।

'यस महामारीबाट हामी कोही पनि सुरक्षित छैनौं, त्यसैले हामीले विश्‍वका जति मुलुकलाई यो महामारीले सताएको छ त्यहाँ यो खोप पुगोस भनी कामना गर्दछौँ,' गुटेरसले ट्‍वीटमा लेखेका छन् । उमेरका आधारमा आफूले खोप लिएको  पनि ७१ वर्षीय महासचिवले उल्लेख गरेका छन् ।  

खोप अभियान अन्तर्गत यतिबेला न्युयोर्कका ६५ वर्षभन्दा माथिका बासिन्दाहरूलाई यो खोपको पहिलो चरणमा समावेश गरिएको छ । यस खोप अभियानमा विद्यालयका कर्मचारीहरू पनि समावेश भएका छन् । प्रतिक्रियाकर्ताहरू, सार्वजनिक ट्रान्जिट काम गर्नेहरू र किराना पसलमा काम गर्ने कामदारहरू पनि यो खोप अभियानमा समावेश गरिएको उक्त रिपोर्टले जनाएको छ ।

गुर्टेरसले गत महिनामात्र यो खोप आफूले पनि लिने भनी घोषणा गरेका थिए । बृद्धबृद्धाहरुका लागि खोप झन् असुरक्षित हुन्छ कि भन्‍ने त्रास रहेको भनिरहँदा उनले खोप लिने घोषणा गरेका र बिहीबार खोप लगाएका हुन् । 

कोरोना शीर्षकको बजेट कर्मचारी भत्ता र आन्तरिक व्यवस्थापनमै सकियो

इकागज | माघ १४, २०७७

ओखलढुङ्गा : ओखलढुङ्गाका स्थानीय तहमा कोरोना व्यवस्थापन शीर्षकमा अनियमित तरिकाले खर्च भएको जनगुनासो देखिए...

प्रदेश  १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिडविरुद्धको खोप लगाइने

इकागज | माघ १३, २०७७

मोरङ : प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभि...