कोभिड-१९

थपिए १३० कोभिड संक्रमित

इकागज | माघ २६, २०७७

काठमाडौँ  : नेपालमा सोमबार थप १ सय ३० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ३ हजार ३ सय ३३ जनामा पीसीआर परीक्षण गर्दा यति संख्यामा कोभिड संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या २ लाख ७२ हजार ५५ जना पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ४४ रहेको छ ।

त्यस्तै, कोभिडबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या २ हजार ४५ रहेको छ । सोमबार १ सय ९४ जना कोभिडबाट संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म २ लाख ६८ हजार २ सय ६६ जना कोभिडमुक्त भएका छन् । साथै, अहिलेसम्म नेपालमा २० लाख ९६ हजार ७ सय ५० जनामा पीसीआर परिक्षण गरिएको छ ।  

सामुद्रिक खाना राखिएको बजारबाट कोभिड-१९ को सङ्क्रमण फैलिएको हो : डब्ल्यूएचओ

इकागज | माघ २४, २०७७

काठमाडौँ : विश्‍व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चीनको वुहान स्थित सामुद्रिक खाना राखिएको बजारब...