कोभिड-१९

थपिए १०७ कोभिड-१९ संक्रमित, एकको मृत्यु

इकागज | चैत ५, २०७७

काठमाडौँ : मुलुकभर पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक पुष्टि भएको संख्यासँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ७५ हजार ६२५ पुगेको छ । 

त्यस्तै थप १ जना संक्रमितको कोभिडका कारण मृत्यु भएको छ । अहिलेसम्म नेपालमा तीन हजार १५ जनाको कोभिडका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै ५२ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म दुई लाख ७१ हजार ६१० निको भएको भएको मन्त्रालयल जनाएको छ । 

अहिले एक हजार जना आइसोलेसन र ५२ जना क्‍वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २२ लाख २७ हजार ५४७ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । 

फिलिपिन्समा कोभिडका संक्रमित बढेपछि विदेशीलाई यात्रा अनुमति रद्द

इकागज | चैत ५, २०७७

फिलिपिन्समा पछिल्ला केही हप्तायता कोभिडका संक्रमितहरु बढेपछि विदेशी नागरिकका लागि यात्राको अनुमति रद्द ...