कोभिड-१९

कोभिडले हेटौँडा र वीरगञ्जमा दुईको मृत्यु

इकागज | बैशाख ८, २०७८

बागमती : मकवानपुर जिल्लाको हेटौँडामा कोभिड-१९ सङ्क्रमणबाट एक वृद्धको आज मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिकाको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार कोभिड पृष्टि भएको हेटौँडा उपमहानगरपालिका-४ स्थित कर्राका ७४ वर्षीय वृद्ध एक पुरुषको मृत्यु भएको हो ।

कोभिड सङ्क्रमित भएपछि  होम आइसोलेशनमा रहेका वृद्धको मृत्यु भएको चौलागाईंले बताए । मृतकको शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ । तराईको बारा र पर्सा जिल्लाको सीमासँग जोडिएको र सुरक्षाका मापदण्ड नअपनाउँदा कोभिडको जोखिम बढेको छ ।

त्यस्तै वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कोभिड सङ्क्रमित पुरुषको आज बिहान मृत्यु भएको छ । सर्लाहीको मलङ्गवा_३ निवासी ४२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएका पुरुषलाई वैशाख ७ गते मङ्गलबार अस्पतालमा भर्ना गराइएको र सोही दिन उनको एन्टिजेट किटबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको नारायाणी अस्पतालका कोभिड कोडिनेटर डा सरोज रोशन दासले जानकारी दिए । उनले पुरुष अस्पताल भर्ना हुँदा उनको दुवै फोक्सोमा कडा निमोनिया भएको थियो । रासस

जापानले पाँच मिनेटमै कोभिड सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो

इकागज | बैशाख ८, २०७८

जापानले पाँच मिनेटमा नै कोभिड १९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको जनाएको छ...

भारतमा एकै दिन दुई लाख ५९ हजारलाई कोरोना, संक्रमितको संख्या डेढ करोढ नाघ्‍यो

इकागज | बैशाख ८, २०७८

नयाँदिल्ली : भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्...

काठमाडौँ महानगरअन्तर्गतका विद्यालय बैशाखभर वैकल्पिक माध्यमबाट चल्ने

इकागज | बैशाख ७, २०७८

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले महानगर अन्तर्गतका विद्यालयमा बैशाख मसान्तसम्म भौतिक कक्षा सञ्‍चाल...

निर्वासनमा रहेका सिरियाली विपक्षी नेताको कोभिड-१९ बाट मृत्यु

इकागज | बैशाख ७, २०७८

बेरुत : सिरियाको प्रजातन्त्रका लागि सङ्घर्षरत बौद्धिक विपक्षी नेता मिशेल किलोको सोमबार पेरिसमा कोभिड-१९ ...