कोभिड-१९

होम आइसोलेसनलाई व्यवस्थापन गर्दै गण्डकी सरकार

इकागज | बैशाख १९, २०७८

पोखरा : गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई ६२ लाख रुपैयाँ दिने भएको छ । संघ मातहत रहेको अस्पताललाई आइसियु र एडियु लगायतका पूर्वाधार खरिदका लागि रकम प्रदान गर्ने गण्डकी प्रदेश कोभिड संकट व्यवस्थापन समितिले गरेको छ । प्रदेशमा आइसोलेसन वार्डहरु अभाव हुन नदिने गरी व्यवस्था मिलाउने समितिको निर्णय छ ।

अस्पतालमा तत्काल बेड उपलब्ध हुन नसक्ने अवस्थामा होम आइसोलेसनलाई प्रोत्साहन दिन र होम आइसोलेसनका संक्रमितलाई निशुल्क उपलब्ध गराउनुपर्ने आइसोलेसन किटको व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने गरी समितिले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । ३ महिनालाई आवश्यक किटका लागि लाग्ने रकम यकीन गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेस गर्न भनिएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा आइतबार बसेको बैठकले सामाजिक विकास मन्त्रालयबाट रकम उपलब्ध गराउने निर्णय गरेको हो । समितिले संघको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग ५ हजार थान अक्सिजनका सिलिन्डर उपलब्ध गराउन आग्रह पनि गरेको छ । ‘१० जना जनरल फिजिसियन, १० जना एनेस्थेसिस्ट मानवस्रोत उपलब्ध गराइदिन अनुरोध गर्ने निर्णय भएको छ,’ समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

समितिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड १९ का संक्रमितको प्रभावकारी उपचार गर्न आवश्यक पर्ने चिकित्सक, स्वास्थ्यकर्मी लगायत प्राविधिक जनशक्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी यथाशीघ्र पदपूर्ति गर्ने व्यवस्था प्रतिष्ठानले मिलाउने निर्णय गरेको छ । गण्डकी प्रदेशमा आज एकैदिन ५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिनेमा सबैभन्दा बढी कास्कीका ३६८ जना छन् ।

स्याङ्जाका १०४, नवलपुरका २९, म्याग्दीका २३, तनहुँका १४, मुस्ताङका १३, पर्वतका ९, लमजुङका ८, बागलुङ र मनाङका ४/४ जनामा कोरोना पुष्टि भएको छ । गण्डकीमा कोरोना संक्रमितको संख्या १९ हजार २२१ पुगेको छ । तीमध्ये २३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा ८ जना संक्रमितको मृत्यु भएको छ ।

 

२० प्रतिशत बेड कोभिड उपचारलाई छुट्याउन ललितपुरका निजी अस्पताललाई निर्देशन

इकागज | बैशाख १९, २०७८

काठमाडौं : ललितपुर जिल्ला प्रशासन कार्यालयले त्यहाँका निजी अस्पतालहरुलाई कुल बेडको कम्तिमा २० प्रतिशत बे...

कर्णाली स्वास्थ्य विज्ञानका चिकित्सक उपचार गर्न भेरी अस्पताल जाँदै

इकागज | बैशाख १९, २०७८

जुम्ला  : नेपालगञ्‍जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लास्थित कर्णा...

होम आइसोलेशनमा बस्‍नेहरू भन्छन् : स्वास्थ्य अवस्थाबारे सोधीखोजी नै भएन

सुभाष कर्ण | बैशाख १९, २०७८

धनुषा : जनकपुरधाम उपमहानगरपालिका-२० का अनिल झालाई कोभिड-१९ संक्रमण भएपछि चार दिनदेखि होम आइसोलेशनम...