कोभिड-१९

अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर किन्दै सुदूरपश्चिम सरकार

इकागज | बैशाख २१, २०७८

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले पाँच सय अक्सिजन सिलिन्डर र एक सय अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि प्रक्रिया अघि बढाएको छ । प्रदेशको सामाजिक विकास मन्‍त्रालयस्थित स्वास्थ्य निर्देशनालयले खरिद प्रक्रिया अघि बढाएको हो ।

पाँच लिटर प्रति मिनेट क्षमताका ४० सेट र १० लिटर प्रति मिनेट क्षमताको ६० सेट कन्सन्ट्रेटर खरिद गर्न खोजिएको छ । त्यसबाहेक १० लिटर क्षमताको दुई सय थान सिलिन्ड र ४६ लिटर क्षमताको तीन सय थान किन्न लागिएको निर्देशनालयले जानकारी दिएको छ ।

बैंक, वित्तीय संस्था खुला राख्ने निर्णयले ‘सुपरस्प्रेडर’ थप्ने जोखिम

इकागज | बैशाख २१, २०७८

काठमाडौँ : बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा कोरोना भाइरस संक्रमण बढेपछि नेपाल राष्ट्र बैंकले ज...

कोभिड संक्रमितको उपचार गर्न टेकु अस्पतालले करारमा माग्यो ३३ कर्मचारी

इकागज | बैशाख २१, २०७८

काठमाडौं : जटिल लक्षणसहितका कोभिड-१९ संक्रमित बिरामीको चाप बढेपछि टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा र...