कोभिड-१९

सिलिण्डर खोज्दै नेपालगञ्‍ज उपमहानगर प्रमुख

इकागज | बैशाख २६, २०७८

नेपालगञ्‍ज :  नेपालगन्जमा रहेका आइसोलेशन र कोभिड-१९ अस्पतालमा अक्सिजन अभाव हुन नदिन नेपालगन्ज उपमहानगर पालिकाका नगर प्रमुख डा. धवलशम्शेर राणा सिलिण्डरको खोजीमा लागेका छन् । अस्पतालबाहेक अन्य काममा प्रयोग भएका सिलिण्डर नगर प्रमुख डा. राणाको पहलमा आइसोलेशन केन्द्रसम्म आइपुगेका छन् ।

अक्सिजन सिलिन्डरको अभाव भइरहेका बेला नेपालगन्जका नगर प्रमुख राणाले औद्योगिक क्षेत्रमा राखिएका सिलिन्डर  रामलिला मैदानमा रहेको अक्सिजनसहितको आइसोलेशनमा केन्द्रमा बुझाएका छन् । 

नगर प्रमुख राणाका स्वकीय सचिव विरेन्द्र रावतका अनुसार शनिबार चार सिलिण्डर आइसोलेशनमा जम्मा गरिएको छ । यो अभियानलाई निरन्तरता दिने नगर प्रमुख राणाले बताएका छन् । नेपालगन्ज उपमहानगरले रामलिला मैदान, वडा नम्बर ४ र ह्वाइटहाउसमा आइसोलेशन सञ्‍चालन गरिरहेको छ ।
 

कोभिशिल्ड खोप कमिशन चलखेलका दोषीलाई कारबाही गर्न राप्रपाको माग

इकागज | बैशाख २५, २०७८

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जनस्वास्थसँग खेलवाड गर्ने कमिशन खोरलाई तत्काल छानबिन र क...

महामारीमा एम्बुलेन्सको लुट, संक्रमितलाई अस्पताल पुग्‍ने रकम जोहो गर्नै हम्मे-हम्मे

अतिन आचार्य | बैशाख २५, २०७८

काठमाडौँ : अस्पतालको नाम लिने बित्तिकै सबैको मनमा 'बिरामी' भन्‍ने आउँछ । साथै ...

धुलिखेल अस्पताललाई विजय शाहले आइतबार १ करोड ३५ लाख सहयोग हस्तान्तरण गर्ने

इकागज | बैशाख २५, २०७८

काठमाडौँ : जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष विजय शाहले धुलिखेल अस्पतालमा आइसीयू (सघन उपचार क...

फ्याक्ट्री आगलागी भएपनि एक महिनापछि पठाएको थियो सिरमले १० लाख डोज खोप

इकागज | बैशाख २५, २०७८

काठमाडौँ : कोभिड-१९ विरुद्धको खोप उत्पादन गर्ने विश्वको सबैभन्दा ठूलो कम्पनी सिरम इन्स्टिच्यूट अफ इण्ड...