कोभिड-१९

प्रदेश २ मा प्रहरी छापा : लुकाएर राखेको सात सय अक्सिजन सिलिण्डर नियन्त्रण

इकागज | बैशाख २६, २०७८

जनकपुरधाम : कोभिड संक्रमण बढ्दै गएको बेला अक्सिजन ग्यासको पनि उत्तिकै हाहाकार मच्चिएको छ । बिरामी अक्सिजन नपाएरै ज्यान गुमाइरहेका छन् । सरकारले विभिन्न प्रयोजनको लागि राखिएको अक्सिजन ग्यास, सिलिण्डर तत्कालका लागि कोभिड संक्रमितको उपचार गर्न भने पनि त्यो सबै ठाउँमा कार्यान्वयन भएको छैन । अक्सिजन सिलिण्डर लुकाएको थाहा पाएपछि प्रदेश २ प्रहरीले छापा मारेको छ । प्रहरीले छापा मारेर सात सय अक्सिजन सिलिण्डर नियन्त्रणमा लिएको छ ।

प्रदेशका विभिन्न जिल्लाका उद्योग, कलकाखाना, कवाडी संकलन केन्द्र, ग्यास वेल्डिङ तथा गोदाममा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनका लागि थुपाएर राखेको अक्सिजन सिलिण्डर प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको हो ।  

प्रदेश प्रहरीको संक्रियतामा प्रदेशका धनुषा, बारा, पर्सा, सप्तरी, महोत्तरी र रौतहट जिल्ला प्रहरीले ग्यास भरिएको सिलिण्डर १३२ वटा र खाली सिलिण्डर ५६८ वटा गरी कुल ७ सय वटा नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।  

स्टक गरेर राखिएको कारण आक्सीजन ग्यासको आभाव भयो भनेर गुनासो आउन थालेपछि प्रहरीले छापा मारेको उनको भनाइ छ । प्रहरीले सिलिण्डर लुकाउने केही व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ ।  उनीहरुविरुद्ध अनुसन्धान भइरहेको प्रसाईंले जानकारी दिए ।  

नियन्त्रणमा लिएको अक्सिजन सिलिण्डर सम्बन्धित अक्सिजन प्लान्ट उद्योग, अस्पताल तथा आधिकारीक डिस्टीब्यूटरलाई बुझाइ सकिएको प्रवक्ता प्रसाईंको भनाइ छ । 

 

महामारीमा चिकित्सक नै कमाउ धन्धामा, संक्रमितलाई होटलका महंगा कोठामा राखेर उपचार !

अतिन आचार्य | बैशाख २६, २०७८

काठमाडौँ : विभिन्‍न चिकित्सक तथा सामाजिक अभियन्ताका समूहले स्वास्थ्य मापदण्ड विपरीत काठमाडौँ उप...

जङ्गबहादुरको पालाभन्दा कमजोर प्रशासन, प्राणरक्षक खोपको आपूर्तिमा अवरोध गर्दापनि कारबाही हुँदैन

पुष्पराज आचार्य | बैशाख २६, २०७८

काठमाडौँ : कोभिड-१९ महामारीले ठूलो मानवीय क्षति भैरहेको समयमा प्राणरक्षक खोपको आपूर्तिमा अवरोध ह...