कोभिड-१९

इमरजेन्सीमा बेड कुर्दाकुर्दै एकै रातमा ५ जनाले गुमाए ज्यान

इकागज | बैशाख २९, २०७८

बुटवल : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आज पनि आईसीयु र एचडीयू बेड कुर्दाकुदै ५ जनाको मृत्यु भएको छ । आज रातभरमा ६ जनाको मृत्यु भएकोमा ५ जना अस्पतालको इमरजेन्सी वार्डमा बसेर आईसीयू र एचडीयू बेड कुर्दाकुर्दै मृत्यु भएको हो । एकजनाको भने प्रादेशिक अस्पतालबाट कोरोना विशेष अस्पतालको एचडीयू बेडमा पुर्‍याएलगत्तै मृत्यु भएको थियो ।

मृत्यु हुनेहरुमा मंगलबार इमरजेन्सीमा आएका तानसेन १४ का ३८ वर्षीय पुरुष रहेका छन् उनको मंगरबार राति ११ बजे मृत्यु भएको थियो । त्यस्तै सैनामैना ७ रुपन्देहीका ३५ वर्षीय पुरुषको मंगलबार साँझ ६:३५ बजे, बैशाख २६ गते देखि इमरजेन्सीमा रहेका बुटवल ११ का ५२ वर्षीय पुरुषको मंगलबार साँझ ५:३३ बजे मृत्यु भएको थियो ।

मंगलबार नै लुम्बिनी प्रादेशि अस्पतालको इमरजेन्सीमा पुगेकी तिलोत्तमा ६ की ७० वर्षीया महिलाको आज बिहान ७:५२ मा मृत्यु भएको र बैशाख २४ देखि ईमर्जेन्सीमा रहेका तिलोत्तमा १ का ५७ वर्षीय पुरुषको पनि आज बिहान ५:५२ बजे मृत्यु भएका अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

मंगलबार नै सिकिस्त अवस्थामा इमरजेन्सीमा ल्याइएका बुटवल ६ का ४४ वर्षीय पुरुषलाई थप उपचारका लागि कोरोना विशेष अस्पतालको एचडीयू बेडमा पुर्‍याए लगत्तै मंगरबार राती ७ बजे मृत्यु भएको उनले बताए ।

डा. गौतमका अनुसार मृतकहरु मध्य ५ जनाले कोरोना विशेष अस्पतालमा आईसीयू र एडीयू बेड कुरेर इमरजेन्सी वार्डमा बसिरहेका थिए । विशेष अस्पतालमा बेड खालि नभएपछि उनीहरुको इमरजेन्सीमै ज्यान गएको थियो । ‘अक्सिजन नभई नहुने संक्रमितलाई घर पठाउन पनि नमिल्ने र बेड दिन पनि नसकिने अवस्था आयो,’ डा. गौतमले भने, ‘संक्रमितको अवस्था र गम्भीर्यता हेरेर प्रतिक्षा सुचिमा राख्‍ने गराका छौं ।’ रुपन्देहीमा मृत्यु हुनेको संख्या २९९ पुगेको छ ।

नागरिकको जीवन रक्षाका लागि भारतलाई सहयोग जुट्दैछ, हाम्रा प्रधानमन्त्रीले कसरी स्थिति नियन्त्रणमा देखे ?

इकागज | बैशाख २९, २०७८

काठमाडौँ : कोभिड–१९ संक्रमित र जीवन गुमाउनेहरूको संख्या भयावह बन्दै गएको छ । वैशाख २५ देख...

इरानमा कोभिडले अहिलेसम्म एक लाख नर्स सङ्क्रमित, १२० को मृत्यु

इकागज | बैशाख २९, २०७८

तेहरान : इरानमा सन् २०२० को फेब्रुअरीपछि कोभिड-१९ सङ्क्रमिणका कारण एक लाखभन्दा बढी नर्स सङ्क्रमित भएको इर...

डोटीमा १२ स्वास्थ्यकर्मीमा कोभिड, नागरिकलाई उपचार पाउन सकस

इकागज | बैशाख २९, २०७८

डोटी : कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि अग्रपङ्क्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोभिड सङ्क्रमण द...

हुम्लामा जेठ ४ सम्म  निषेधाज्ञा थप, विमानबाट ल्याइने सामग्री ७२ घण्टापछि पाइने

इकागज | बैशाख २९, २०७८

हुम्ला : उच्च हिमाली जिल्ला हुम्लामा कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि  निषेधाज्ञाको समयावधि थप ब...

नेपाल मेडिकल कलेजले संक्रमितलाई भन्यो : अक्सिजन सक्यो आफैँ व्यवस्थापन गर्नू

इकागज | बैशाख २८, २०७८

काठमाडौँ : नेपाल मेडिकल कलेज संक्रमितको उपचार गर्ने जिम्मेवारीबाट पन्छिएको छ । कलेजले उपचार गराइरहेका...

चिनियाँ सहयोगको स्वास्‍थ्‍य सामाग्रीको पहिलो लट काठमाडौँमा, अन्य लट पनि ल्याइँदै

इकागज | बैशाख २८, २०७८

काठमाडौँ :  चीनले नेपाललाई सहयोग गर्ने भनेको ३ हजार ५ सय अक्सिजन सिलिन्डरमध्ये पहिलो ल...