काठमाडौँमै ३० हजार सक्रिय संक्रमित
काठमाडौँ : उपत्यकामा कोभिड-१९ का सक्रिय संक्रमितको संख्या ३० हजार एक सय ५५ पुगेको छ । काठमाडौँमा २२ हजार आठ सय ८, भक्तपुरमा दुई हजार सात सय ४७ र ललितपुरमा चार हजार ६ सय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा एक लाख ३३ हजार, तीन सय ४, भक्तपुरमा १२ हजार ६ सय २९ र ललितपुरमा २२ हजार ८६ छन् । त्यसैगरी, उपत्यकामा संक्रिमितको मृत्यु ११ सय ९४ पुगिसकेको मन्त्रालयले जानकारी दिएको छ। बुधबार मात्र उपत्यकामा १५ जनाको मृत्यु भएको छ ।