नेपालमा ५,७२७ जना कोभिड संक्रमित थपिए, ३३ को मृत्यु
काठमाडौँ : नेपालमा थप ५७२७ जना कोभिड १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३३ जना कोभिड संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १५,९१६ पीसीआर र एण्टीजेन नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
नेपालमा ७२८ जना कोभिड मुक्त भएका छन् । आज थप भएकासमेत गरेर सक्रिय संक्रमित संख्या ३८ हजार ८१३ पुगेको छ । नेपालमा जम्मा संक्रमितको संख्या ३ लाख २३ हजार एकसय ८७ पुगेको छ भने मृत्यु हुनेको संख्या तीन हजार दुई सय ७९ को मृत्यु भएको छ ।