कोभिड-१९

कांग्रेसका १२९ नेता र कर्मचारीहरूको पीसीआर परीक्षण

इकागज | बैशाख १३, २०७८

काठमाडौँ :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहित पदाधिकारी, केन्द्रीय सदस्यहरूको पीसीआर परीक्षण गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामामा आज नेताहरू र केन्द्रीय कार्यालयका कर्मचारीहरूसहित १२९ जनाको पीसीआर परीक्षण गरिएको कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । 

अहिले कांग्रेसको केन्द्रीय कार्यसमिति १०४ सदस्यीय छ । 

पीसीआर परीक्षण गरेपछि नेता पौडेलले आइसीयू र भेन्टिलेटरको उचित प्रबन्ध गर्नुपर्ने, विदेशबाट आउने नागरिकलाई नाका र विमानस्थलमा नै कोभिड परीक्षण गर्नुपर्ने बताए । उनले स्वास्थ्य तयारीमा ढिलाइ भएको बताए ।

त्यस्तै पौडेलले कोरोनाका कारण महाधिवेशन प्रभावित नहुने बताए । उनले पार्टीभित्रको क्रियाशील सदस्यता वितरणका साथै समायोजनको काम छिटै सम्पन्‍न गर्नुपर्ने उल्लेख गरे । 

कोभिड परीक्षणका लागि भन्दै कांग्रेसले आजका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक बैंशाख १५ गतेसम्म स्थगित गरेको थियो ।  यसअघि सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले नेताहरूको पीसीआर  परीक्षणपछि मात्रै केन्द्रीय समितिको बैठक बस्‍ने निर्णय गरेको थियो ।

'उपत्यका बाहिर जान निषेधाज्ञा हुने भयो भनेर आत्तिनुपर्दैन'

कालीप्रसाद पराजुली, प्रमुख जिल्ला अधिकारी काठमाडौँ | बैशाख १३, २०७८

उपत्यकामा कोभिड बढिरहेको हुनाले यसको रोकथामको लागि सरकारले अनुगमन तिब्र रुपमा बढाइएको छ । यतिले मात्...

कैलालीमा थप दुई कोभिड संक्रमितको मृत्यु, मृतकको संख्या ४६ पुग्‍यो

इकागज | बैशाख १३, २०७८

धनगढी : कैलालीका थप दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । आइतबार साँझ टीकापुर नगरपालिकाका ५५ वर्ष...

भारतको तथ्यांकलाई हेरेर डराउने कि चीनको तथ्यांकलाई हेरेर पाठ सिक्ने ?

इकागज | बैशाख १३, २०७८

काठमाडौँ : कोभिड-१९ को दोस्रो लहरले मुलुकलाई आक्रान्त बनाउँदै लगेको छ । दैनिक हजारौँ संक्रमित फेला पर...

कोभिड व्यवस्थापनमा सहयोग गर्न विवेकशील साझाको १० बुँदे सर्कुलर (पत्रसहित)

इकागज | बैशाख १२, २०७८

काठमाडौँ  : विवेकशील साझा पार्टीले कोभिड १९ संक्रमण रोकथामको लागि आफ्नो क्षेत्रबाट सबैले सहय...