कोभिड-१९

रुपन्देहीमा ६ जना कोभिड संक्रमितको मृत्यु

इकागज | बैशाख ७, २०७८

रुपन्देही : रुपन्देहीमा ६ जना कोभिड संक्रमितको मृत्यु भएको छ । भैरहवास्थित युसिएमस कोभिड अस्पताल युनिटमा ४ जना र लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा २ उपचारत संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २ महिला र एक पुरुष रुपन्देही जिल्लाको र ३ जना जिल्ला बाहिरका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । बुटवलमा उपचाारत महिलामा ज्वरो, निमोनिया, स्वाशप्रश्वासमा समस्या रहेको थियो ।

अस्पतालका अनुसार मृत्यु हुनेमा बुटवल ८ रुपन्देहीकी ६५ वर्षीय महिला र  बुटवल १३ की ७९ वर्षीय महिलाको मृत्यु भएको छ । यस्तै भैरहवामा उपचाररत ४ जना पुरुषको मृत्यु भएको हो । 

मृत्यु हुनेमा महरागंज ९ कपिलवस्तुका ५२ वर्षीय, झिमरुक प्युठानका ५८ वर्षीय, रानीगंज मोतिपुर रुपन्देहीका ३८  वर्षीय र स्वर्गद्वारी प्युठानका ४८ वर्षीय पुरुष रहेको युसिएमएस मेडिकलका जनसम्पर्क अधिकृत सुशिल गुरुङले जानकारी दिए । 

गुरुङका अनुसार युसिएमएस कोभिड युनिटमा ७ जना भेन्टिलेटर सहित ९ जना आइसियुमा, १२ जना एचडियुमा र १९ जना इमरजेन्सी आइशोलेशन बेडमा उपचाररत छन ।

२५ जना भन्दा धेरै भेला हुन नपाइने, होटल रेष्टुरेण्ट साँझ ८ बजे बन्द गर्नुपर्ने

इकागज | बैशाख ६, २०७८

काठमाडौँ  : सरकारले कोभिड १९को रोकथाम, पहिचान र उपचारलाई प्रभावकारी बनाउन सर्वसाधरणलाई जन...

अहिले छोराछोरीलाई आइसक्रिम खुवाउने बेला छैन

डा. युवानिधी बसौला, वरिष्ठ बाल रोग विशेषज्ञ | बैशाख ६, २०७८

कोभिड–१९ को संक्रमण बालकालिकामा पनि देखिन थालेको छ । नेपालमा मात्रै नभएर विदेशमा पनि यो संख्या...

कुम्भ मेलाबाट फर्केनेले दिल्लीमा १४ दिन अनिवार्य क्‍वारेन्टाइनमा बस्‍नुपर्ने

इकागज | बैशाख ६, २०७८

नयाँ दिल्ली : भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा कुम्भ मेलामा सहभागी भएर आएकाहरुलाई १४ दिन ...