कोभिड-१९

चितवनमा कोभिड-१९ को दोस्रो डोज खोप वैशाख ७ देखि

इकागज | बैशाख ४, २०७८

चितवन : कोभिड-१९ विरुद्धको दोस्रो डोज खोप यही वैशाख ७ गतेबाट लगाइने भएको छ । जिल्लामा पहिलो चरणमा खोप  लगाएकालाई पालो मिलाएर ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो ।
 
स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिलो चरणमा दुई समूहमा खोप लगाएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थापनका सुरक्षाकर्मी, कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार, बैंकका कर्मचारी र स्थानीय तहका कर्मचारीलाई दोस्रो डोज दिन लागिएको हो । सो चरणमा खोप लगाउनेको सङ्ख्या १४ हजार रहेको छ ।
 
यस्तै दोस्रो चरणमा खोप लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भने यस चरणमा खोप लगाइने छैन । जिल्लामा २७ हजारलाई दोस्रो चरणमा खोप लगाइएको कार्यालय प्रमुख दीपक तिवारीले जानकारी दिए । दोस्रो चरणका लागि समय नपुगेको र खोप आइनसकेकाले केही समयपछि दोस्रो डोज खोप लगाईने छ ।
 
उनका अनुसार पहिलो चरणमा पाँच वटा केन्द्रमार्फत खोप लगाइएको भए पनि दोस्रो चरणमा भने केन्द्र विस्तार गरिएको छ । जिल्लाका ठूला अस्पताल र मेडिकल कलेजमा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई सोही अस्पतालबाट खोप लगाउने व्यवस्था मिलाइएको छ । तिवारीका अनुसार जिल्लाका सातवटै पालिकामा रहेकालाई खोप लगाउन सम्बन्धित पालिकामा नै खोप केन्द्र रहने छन् ।
 
बाँकीका लागि स्वास्थ्य कार्यालय चितवनमा रहेको संस्थागत क्लिनिकमा खोप केन्द्रको व्यवस्था गरिएको छ । उनले भने, 'लामो समय पालो कुर्न नपर्ने गरी व्यवस्था मिलाएका छौँ ।' रासस

शिक्षा र स्वास्थ्य मन्त्रालयको भनाइ बाझियो, कोभिडको मारमा विद्यार्थी !

इकागज | बैशाख ३, २०७८

काठमाडौँ : विद्यालय बन्द गर्ने वा नगर्नेबारे शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयको टकराव परेको छ । बि...

काठमाडौँ महानगरपालिका भन्‍छ- कोभिड १९ भेटिए मात्र विद्यालय बन्‍द गर्नू

इकागज | बैशाख ३, २०७८

काठमाडौँ : कुनै पनि शिक्षक वा विद्यार्थीमा कोभिड-१९ संक्रमण देखिए एक हप्ता विद्यालय बन्द गर्न काठमाड...

स्वास्थ्य मन्त्रालय भन्छ : पीसीआर रिपोर्ट नेगेटिभ आउने मात्रै होटलमा बस्‍न पाउँछन्

इकागज | बैशाख २, २०७८

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयले साझ सात बजेपछि भिडभाड हुने सबै क्षेत्रका व्यवसाय बन्द गर्...

त्रिनगर नाकाबाट भित्रिएका २२ सयको परीक्षण गर्दा १९६ जनामा कोभिड

नवराज पनेरु | बैशाख २, २०७८

धनगढी : पछिल्लो पाँच दिनमा भारतबाट कैलालीको त्रिनगर नाका हुँदै नेपाल भित्रिएका १९६ जनामा कोभिड-१९ भा...