कोभिड-१९

कैलालीमा एकैदिन ५ जना कोरोना संक्रमितको मृत्यु

इकागज | बैशाख १६, २०७८

धनगढी  : कैलालीमा बिहिवार पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका-३ बस्‍ने ४५ वर्षीया महिलाको बिहान मृत्यु भएको थियो ।

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार उनको संक्रमण पुष्टि भएको १२ घण्टामै आज बिहान मृत्यु भएको थियो । यस्तै सेती प्रादेशिक अस्पतालको आइसियूमा उपचाररत कैलालीकी लम्कीचुहा-२ का ३३ वर्षीय पुरुष र घोडाघोडी-१० का ६० वर्षीय पुरुषको पनि आजै मृत्यु भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । आज नै कैलालीका गोदावरी नगरपालिकाका ८७ बर्षीया महिलाको पनि होम आइसोलेसनमा मृत्यु भएको छ ।

१५ गते उनीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । आइसोलेसनमा रहेका बेला उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार आजै गोदावरी नगरपालिका–१२ का २८ बर्षीय कोरोना संक्रमित युवकको पनि सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।

कोरोना संक्रमितलाई काठमाडौँबाट हेलिकप्टरमा झापाको अस्पताल ल्याइयो

इकागज | बैशाख १६, २०७८

झापा : कोभिड-१९ बाट सङ्क्रमित बिरामीलाई बेडसिफ्ट गरेर उपचारका लागि काठमाडौँबाट मोफसल ल्याउन थालिएको छ...

भारतीय र चिनियाँलाई नेपाल आउन दुई शर्त : पीसीआर रिपोर्ट र होटल बुक गरेको प्रमाण

इकागज | बैशाख १५, २०७८

काठमाडौं : १० दिन क्‍वारेन्टिनमा बस्‍ने गरी होटल बुक गरेको प्रमाण पेश गर्ने शर्तमा भारतीय ...

विदेश जानेले कोभिड-१९ परीक्षण सरकारी मापदण्ड बमोजिमका प्रयोगशालाबाट मात्रै गर्नु पर्ने

इकागज | बैशाख १५, २०७८

काठमाडौँ : विदेश जाने प्रयोजनका लागि कोभिड-१९ परीक्षण सरकारी प्रयोगशाला र मापदण्ड बमोजिमका अस्पतालबाट ...