कोभिड-१९

आगामी अप्रिलसम्म कोरोना भाइरसको खोप उपलब्ध हुन्छ : ट्रम्प

इकागज | कात्तिक २९, २०७७

काठमाडौं :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को अप्रिल महिनासम्ममा कोरोना भाइरस विरुध्दको खोप उपलब्ध हुने बताएका छन् । उनले आगामी अप्रिल महिनासम्ममा कोरोना भाइरसको खोप सबै  अमेरिकी नागरिकका लागि नै उपलब्ध हुने दाबी गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले  निर्वाचन परिणामपछि पहिलाेपटक सहभागिता जनाएको एक कार्यक्रममा उक्त धारणा राखेको अमेरिकी स‌ंचार माध्यमहरूले जनाएका छन् । हालै सम्पन्‍नअमेरिकी निर्वाचनमा उनले पराजय भोगेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकाले खोप निर्माणका लागि निकै संघर्ष गरेको पनि बताए ।

'आगामी अप्रिल महिनासम्ममा सबै अमेरिकी नागरिकलाई यो खोप दिइने छ । पहिलो चरणमा यो खोप कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीहरूलाई दिइने छ ,' उनले भने, 'त्यसपछि यहाँका बृध्दबृध्दाहरू र कोरोना भाइरसको जोखिममा रहेको समुदायका लागि यस्तो खोप दिइने छ ।'  

पिफिजर कोभिड-१९ खोप सबै अमेरिकी नागरिकलाई प्राप्त हुने भन्दै अमेरिकाको लगानीका कारण यो सबै सम्भव भएको दावी पनि उनले बताए । यसअघि उनले सन् २०२१ को पहिलो चार महिनाभित्र नै अमेरिकी नागरिकले खोप प्राप्त गर्ने जानकारी दिए ।  निर्वाचनमा आफ्नो पराजयपछि उनले यो सम्बोधन गरिरहँदा निर्वाचन परिणामको बारेमा भने कुनै धारणा राखेका थिएनन् । 

के गर्ने-नगर्ने त छँदै छ, के सोच्‍ने-नसोच्‍ने झनै महत्‍वपूर्ण

नारायण घिमिरे | कात्तिक २८, २०७७

कोभिड-१९ का कारण आइसोलेसन बसिने समय चक्र संहिताको महामारीको आफू आफैँभित्र आफ्नो जरुरतको पहिचान गर्ने,...