क्रिकेट

करणको कीर्तिमान

इकागज | चैत १७, २०७८

काठमाडौं – करण केसी टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा ५ विकेट लिने पहिलो नेपाली क्रिकेटर बनेका छन् । काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत करणले ५ विकेट हात पारेका हुन् । 

करणले पपुवा न्यूगिनीविरुद्ध बिहीबार भएको खेलमा ५ विकेट हात पार्न सफल भए । उनले पीएनजीविरुद्ध ह्याट्रिक समेत पूरा गरे । टी–ट्वान्टीमा ह्याट्रिक लिने करण पहिलो नेपाली खेलाडी समेत बनेका छन् । करणले अन्तिम ओभरमा ह्याट्रिक पूरा गरेका थिए । 

त्यतिमात्र नभएर नेपालका लागि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गर्ने करण दोस्रो खेलाडी समेत बनेका छन् । यस अघि सन्दीप लामिछानेले पहिलो पटक ५० विकेट पूरा गरेका थिए । 

करणको कीर्तिमानी बलिङसँगै नेपालले पीएनजीलाई ३७ रनले पराजित गर्यो । 
 

सन्दीपको कप्तानीमा ७ खेलाडीको डेब्यु, अधिकांशको बिर्सनलायक प्रदर्शन

सञ्जीव शाह | चैत १६, २०७८

काठमाडौं – सन् २०२२ को तीन महिना मार्च ३० तारिखभित्रै नेपालका लागि ७ खेलाडीले अन्तर्राष्ट्रिय...