प्रमुख समाचार

सन्दीपको कप्तानीमा ७ खेलाडीको डेब्यु, अधिकांशको बिर्सनलायक प्रदर्शन

सञ्जीव शाह |
चैत १६, २०७८ बुधबार १६:३८ बजे

काठमाडौं – सन् २०२२ को तीन महिना मार्च ३० तारिखभित्रै नेपालका लागि ७ खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्युगरेका छन् । त्यो पनि सन्दीप लामिछानेको कप्तानीमा ।  विवेक यादव, सागर ढकाल, लोकश बम, गुल्सन झा र दिलिप नाथले नेपालका लागि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्युगर्ने मौका पाए । 

त्यसैगरी, एकदिवसिय अन्तर्राष्ट्रियमा सागर ढकाल, भिम सार्की र देव खनालले डेब्युगरे । सागरले भने टी–ट्वान्टी र एकदिवसिय दुवैमा डेब्युगर्ने अवसर प्राप्त गरे । 
डेब्युखेल भने अधिकांश खेलाडीका लागि धमाकेदार भने भएन । 


ओमानमा भएको चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत घरेलु टिम ओमानविरुद्ध फेब्रुअरी ११ मा विवेक यादव र सागर ढकालले टिममा डेब्युगरे । सो खेलमा नेपालले ओमानलाई ६ विकेटले जितेको पराजित गरेको थियो । 

उक्त खेलमा ब्याटिङ गर्न नपाएका सागरले ३ ओभर बलिङ गर्दा विकेटविहिन रहे । विवेकले पनि ब्याटिङ गर्ने मौका त पाएनन, उनले केवल एक ओभर बलिङ गर्दा ५ रन खर्चिए । दुबै जनाको डेब्युभने सम्झन लाएक भएन ।

चारदेशीय सिरिज अन्तर्गत नै फेब्रुअरी १२ मा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा लोकेश बमले डेब्युगर्ने अवसर प्राप्त गरे । उक्त खेलमा युएईविरुद्ध नेपालले २५ रनको पराजय भोग्दा लोकशले २१ बलमा ३३ रन जोडे । उनले दुई चौका र दुई छक्का समेत हिर्काए । लोकेशले आक्रामक पारी खेलेपनि उनले गरेको योगदान भने खेर गयो ।  

चारदेशीय सिरिजपछि ओमानमै भएको आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत फिलिपिन्सविरुद्धको खेलमा गुल्सन झाले डेब्युगरे । फेब्रुअरी १९ मा नेपालले फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गर्दा गुल्सनले ब्याटिङ गर्ने अवसर नपाएपनि ३ ओभर बलिङ गर्दा १६ रन खर्चिएर १ विकेट लिए । 

यता दुबईमा भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध मार्च १६ मा सागर ढकालले एकदिवसीयमा डेब्युगरे । उक्त खेलमा नेपालले पीएनजीलाई २ विकेटले पराजित गर्दा ब्याटिङ गर्ने अवसर नपाएका सागरले ४ ओभर बलिङ गर्दा २१ रन खर्चिए तर विकेट भने हात पार्न सकेनन । 

सोही सिरिज अन्तर्गत मार्च २२ मा नेपालले पीएनजीविरुद्ध खेल्दा भिम सार्कीले एकदिवसीयमा डेब्युगरे । उक्त खेलमा नेपालले पीएनजीलाई ७ विकेटले पराजित गर्दा भिमले भने बलिङ र ब्याटिङ दुबै गर्न पाएनन ।

त्यस लगतै त्रिवी मैदानमा पीएनजीविरुद्धको दुई खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा देव खनालले एकदिवसीयमा डेब्युगरे । मार्च २५ मा भएको खेलमा पीएनजीविरुद्ध देव शुन्य रनमै आउट भए । देवले एक ओभर बलिङ गर्दा ६ रन खर्चिए । डेब्यूमा उनी पनि असफल नै रहे । 

त्रिवि क्रिकेट मैदानमै जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत दिलिप नाथले मलेसियाविरुद्धको खेलमा टी–ट्वान्टी क्रिकेटमा डेब्युगरे । मार्च ३० मा मलेसियाविरुद्धको खेलमा दिलिपले ७ बलमा १५ रन जोड्दा ३ चौका हिर्काए र उनले टिमका लागि विजयी रन हिर्काएका थिए । सम्झन लायक नै रहनेछ ।
 


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x