क्रिकेट

विराटनरगमा नेपाल तथा भारतीय टोली सम्मिलित क्रिकेट प्रतियाेगिता हुने

इकागज | फागुन ९, २०७८

मोरङ- प्रदेशमा क्रिकेट खेलको खस्किँदो अवस्थालाई वृद्धि गर्न र युवालाई आकर्षण जगाउन विराटनगरमा नेपाल र भारतका टोली सम्मलित ‘मिल्स कप क्रिकेट ’ प्रतियोगिता यही फागुन २० गतेदेखि सुरु हुने भएको छ ।

मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीद्वारा आयोजित उक्त प्रतियोगितामा नेपालका र भारतका १६ टोली सम्मिलित उक्त प्रतियोगिता विराटनगर जुट मिल क्रिकेट  खेल मैदानमा हुने छ । एकेडेमीका अध्यक्ष  मुरारी चौधरीले  नक आउट आधारमा टि–२० क्रिकेट प्रतियागितामा कटिहार क्रिकेट क्लब, भारत, जोगबनी क्रिकेट क्लब भारत, भैरहवा क्रिकेट क्लब, जनकपुर क्रिकेट  क्लब, बोस्टन क्रिकेट क्लब झपा, होराईजन क्रिकेट क्लब विराटनगर, विराट क्रिकेट क्लब एण्ड एकेडेमी विराटनगर, मिल्स क्रिकेट क्लब विराटनगर रहेको जानकारी दिए । 

यसैगरी पूर्णिया क्रिकेट क्लब भारत, कानपुर क्रिकेट क्लब भारत, काठमाडौँ क्रिकेट  क्लब, सिरहा क्रिकेट क्लब, सुनसरी–११ क्रिकेट  क्लब, पूर्वाञ्चल क्रिकेट  क्लब विराटनगर, प्याट्रिक क्रिकेट क्लब झापा, एमसिसिए विराटनगर गरी १६ टोलीको सहभागिता रहने छ ।    

प्रतियोगिताका विजयी हुने प्रथम हुने टोलीलाई नगद रु एक लाख ११ हजार, दोस्रोलाई रु ५१ हजार र अन्य विभिन्न विधामा उत्तकृष्ट हुने खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । रासस

आईसीसी टी-२० विश्वकप छनोट : नेपालले आज क्यानडाविरुद्ध प्रतिस्पर्धा गर्दै

इकागज | फागुन ९, २०७८

काठमाडौँ - आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत आज नेपालले क्यानडाविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाल र क्यानड...

टी २० विश्वकप छनोटः फिलिपिन्सलाई नेपालले दियो २१९काे विशाल लक्ष्य

इकागज | फागुन ७, २०७८

काठमाडौँ - आइसीसी टी-२० विश्वकपको ग्लोबल क्वालिफायर्सको दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई २१९ रनको...

ओमानको ७ विकेट पतन

इकागज | फागुन ६, २०७८

काठमाडौँ : ओमानविरुद्ध आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट छनौटमा नेपालले धारिलो बलिङ प्रदर्शन...

नेपाल भर्सेस ओमान : नेपालको कमजोर सुरुवात, ५० रन नकट्‌दै गुम्‍यो चार विकेट

इकागज | फागुन ६, २०७८

काठमाडौँ- आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले आयोजक ओमानविरुद्ध पहिले ब्याटिङ थालेको...