क्रिकेट

प्रधानमन्त्री कप : उपाधिका लागि आज एपीएफ र पुलिस भिड्दै

इकागज | माघ ५, २०७८

काठमाडौँ- पहिलो पटक टी–२० फर्म्याटमा आयोजना भएको प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज बुधबार हुँदैछ ।

उपाधिका लागि विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब कीर्तिपुरस्थित टियु मैदानमा बिहान १० बजे भिड्नेछन् । टस साढे ९ बजे हुनेछ । 

राष्ट्रिय तथा युवा खेलाडीले मिश्रित दुबै टोली बलिया छन् । दुबै टोलीको ब्याटिङ लाईन र बलिङसमेत बलियो छ । सेमिफाइनलकै तुलनामा हेर्ने हो भने आज ठूलो स्कोर बन्न सक्छ । 

सेमिफाइनलमा पुलिसले बागमती प्रदेश र एपीएफले अर्काे विभागीय प्रतिद्वन्द्वी आर्मीलाई पराजित गरेको थियो । 

१० टोली सहभागी प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिता एकदिवसीय फर्म्याटमा आयोजना गर्दै आएको थियो ।

तर. आगामी महिना ओमानमा हुने टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले सहभागीता जनाउने भएपछि त्यसैको तयारी स्वरुप यस प्रतियोगिता टी–२० फर्म्याटमा आयोजना भएको हो । 

प्रधानमन्त्री कप : खेलाडीमा कोरोना आशंकापछि पुलिस र प्रदेश १ बीचको खेल स्थगित

इकागज | माघ १, २०७८

काठमाडौँ- खेलाडीमा कोरोना भाइरसको आशंका भएपछि नेपाल पुलिस क्लब र प्रदेश-१ बीचको खेल स्थगित भएको छ ।&...

क्रिकेट रंगशालाको प्रारम्भिक प्रतिवेदन : भौतिक प्रगति १४ प्रतिशत, ५१ करोड खर्च

इकागज | पुस २८, २०७८

चितवन - भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बा...