अफगानिस्तानले भारतसँग तीन ओडीआई खेल्ने
काठमाडौँ- अफगानिस्तानले भारतसँग एक दिवसीय श्रृंखला खेल्ने भएको छ । अफगानिस्तानको क्रिकेट बार्ड (एसीबी)ले सन् २०२२ र २०२३ का लागि सार्वजनिक गरेको खेल तालिका अनुसार अफगानिस्तानले भारतसँग तीन ओडीआई खेल्नेछ । यी खेल मार्च, २०२२ मा भारतीय भूमिमै हुने बताइएको छ ।
आगामी दुई वर्षमा अफगानी टिमले ३७ ओडीआई, १२ टि–ट्वान्टी र तीन टेस्ट खेल्ने छ । यसैगरी अफगानिस्तानले सन् २०२२ मा एसिया कप र आईसीसी टि–ट्वान्टी विश्वकप खेल्नेछ भने सन् २०२३ मा ५० ओभरको विश्वकपमा सहभागिता जनाउनेछ ।
अफगानिस्तानले नेदरल्यान्ड्ससँग एक दिवसीय श्रृंखला खेल्दै नयाँ वर्ष (सन् २०२२)को सुरुवात गर्नेछ । अनि वर्षको अन्त्यमा चाहिँ जिम्बावेसँग आमनेसाने हुनेछ ।