क्रिकेट

ओमान र अमेरिकासँग खेल्न कठिन छ : ज्ञानेन्द्र मल्ल

इकागज | भदौ ६, २०७८

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले ओमानमा घरेलु टिम र अमेरिकासँग खेल्ने निकै कठिन हुने बताएका छन् ।  टियू क्रिकेट मैदानमा त्रिकोणात्मक एकदिवसीय सिरिजअघिको अन्तिम अभ्यासपछि सञ्चारकर्मीसँग कुरा गर्दै मल्लले बलियो र अनुभवी टिमविरुद्ध नतिजा निकाल्न कठिननै रहेको बताएका हुन् । 

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले यसै महिना ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दैछ । सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ । ओमान पछिल्लोसम्म लयमा रहेको र अमेरिका क्रिकेटकको ‘पावर हाउस’  बनेको उनको ठहर छ ।   

सिरिजअघि नेपालले पपुवान्युगिनीसँग दुई एक दिवसीय खेल खेल्नेछ । सिरिजका लागि नेपाली टिम मंगलबार ओमान प्रस्थान गर्ने छ । नेपाल क्रिकेट संघ (क्यान) ले मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरिसकेको छ । 

यस अघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुवै खेलमा पराजित भएको थियो । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा छ । 

अफगानिस्तानमा तालिबान फर्केपछि न्युजिल्यान्डको पाकिस्तान भ्रमण संकटमा

इकागज | भदौ ३, २०७८

काठमाडौँ- न्युजिल्यान्डले १८ वर्षपछि पाकिस्तान भ्रमण गर्ने तय भएको थियो । उसले रावलपिन्डीमा घरेलु टि...

विश्वकपले पाकिस्तानलाई टी-ट्‍वान्टीको श्रेष्ठ टिममा पुनःस्थापित गराउनेछ : कप्तान आजम

इकागज | भदौ २, २०७८

काठमाडौँ - यसपालीको टी-ट्वान्टी विश्वकप अक्टोबर १७ बाट सुरु हुँदैछ । संयुक्त अरब इमिरेट्स (युएई) र...

प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेट टिमका पूर्वकप्तान खड्कालाई दोस्रो इनिङको शुभकामना

इकागज | साउन ३०, २०७८

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई जिन्दगी...