पहिलो एकदिवसीयमा इंगल्यान्डले श्रीलंकालाई हरायो
काठमाडौँ : श्रीलंकासँगको पहिलो एकदिवसीय क्रिकेटमा इंगल्यान्ड विजयी भएको छ । गएराती भएको खेलमा इंगल्यान्डले श्रीलंकालाई ५ विकेटले हराएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ४२ ओभर ३ बलमा अलआउट हुँदै १८५ रन बनाएको थियो । उसका लागि कप्तान कुशल परेराले ७३ रन बनाए । इंगल्यान्डका क्रिस ओक्सले ४ र डेभिड विल्लीले ३ विकेट लिए ।
१८६ रनको झिनो चुनौति लिएर जवाफी ब्याटिङ थालेको इंगल्यान्डले मात्रै ३४ ओभर ५ बलमा ५ विकेट गुमाएर पन्छायो । उसका लागि जोय रुटले सर्वाधिक ७९ रन बनाए । जितसँगै इंगल्यान्डले तीन खेलको एकदिवसीय सिरिजमा १-० को अग्रता लिएको छ ।