क्रिकेट

भुर्तेल पहिलो पटक आईसीसी वरीयतामा

इकागज | बैशाख ८, २०७८

काठमाडौं : डेब्यूमै लगातार तीन खेलमा अर्धशतक प्रहार गरेका नेपालका ब्याट्सम्यान कुशल भुर्तेल आईसीसी वरीयतामा परेका छन् । भुर्तेल पहिलो पटक आइसीसीको टी–२० ब्याटिङतर्फको वरीयतामा परेका हुन् । 

आईसीसीले बुधबार सार्वजनिक गरेको ब्याट्सम्यानको सूचीमा भुर्तेलको नाम ९३ औं स्थानमा छ । उनी ३५९ नम्बरसहित सो स्थानमा आफ्नो नाम लेखाउन सफल भएका हुन् । 

नेपालका पूर्वकप्तान पारस खड्काको स्थान १० अंक तल झरेको छ । उनको स्थान ८३ औं नम्बरमा पुगेको छ । अन्तर्राष्ट्रिय टी-२० करिअरमा भुर्तेलले ३ मात्रै खेल खेलेका छन् । 

काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिसिजमा नेपालको राष्ट्रिय टिममा भुर्तेलले डेब्यू गरेका थिए । नेपालका पूर्वकप्तान पारस खड्का १० स्थान तल झर्दै ८३ औं स्थानमा छन् । बलिङतर्फ सन्दिप लामिछानेले ७ स्थान सुधार गर्दै ७७ औं स्थानमा उक्लिएका छन् ।
 

डच टिमको पहिलो जित

इकागज | बैशाख ५, २०७८

काठमाडौँ: त्रिकोणात्मक टी-ट्वान्टी श्रृंखलामा नेदरल्यान्ड्सले पहिलो जित हासिल गरेको छ । श्रृंखलाको उद्...