बेवारिसे अवस्थामा २२ किलो १५० ग्राम चरेश बरामद
कैलाली - इलाका प्रहरी कार्यालय बेलौरी कंचनपुरले बेवारिसे अवस्थामा २२ किलो १५० ग्राम लागुऔषध चरेश बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कन्चनपुरले दिएको जानकारी अनुसार शनिबार ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका वडा-३ बुटाबारी स्थित युपि ३१ एपि २२५६ नम्बरको मोटरसाईकलमा हरियो कट्टामा डोरीले बाधेर राखेको अवस्थामा उक्त चरेश बरामद गरेको हो । शंका लागि चेकजाँच गर्दा ४० पोका ठूलो र ४० पोका सानो गरी जम्मा ८० पोकामा लागुऔषध चरेश बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका डिएसपी चक्रबहादुर सिंहले जानकारी दिए ।