२७ महिनाकी भतिजी हत्या आरोपमा एक पक्राउ
स्याङजा- आफ्नै भतिजीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सहोदर भाइको २७ महिनाको छोरी सुविनाको हत्यामा संलग्न रहेको आरोपमा स्याङ्जा चापाकोट नगरपालिका–७ पिपलछाप का ३८ वर्षीय बासुदेव ढकाललाई पक्राउ परेका हुन्।
ढकालले सुबिनालाई ज्यान मार्ने मनसाय लिई जमिनमा पछारी अचेत बनाई छाडेको भन्ने सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले अचेत अवस्थामा रहेकी सुबिनालाई उपचारको लागि रामपुर अस्पताल रामपुर पाल्पामा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
उनी उपर ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत स्याङजाबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।