अपराध

१५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ

इकागज |
माघ १२, २०७८ बुधबार ९:११ बजे

पर्सा - पर्साबाट प्रहरीले १५ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–२३ सबैठवाका २० वर्षीय मुन्नाप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो ।


बालिकालाई डर, त्रास देखाई अनुचित प्रभाव र दबाबमा पारी आफ्नै घरमा लगी पटक–पटक जबर्जस्ती करणी गर्दै आएको यादवमाथि आरोप छ ।

 यादवलाई घरबाटै नियन्त्रणमा लिई जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालर्यले जनाएको छ । रासस


Author

थप समाचार
x