प्रतिबन्धित भारतीय रुपैयाँसहित पक्राउ
बारा- जितपुर सिमरा उपमहानगरपालिका १ सिमरा विमानस्थलबाट प्रतिबन्धित भारतीय रुपैयाँसहित एक पक्राउ परेका छन्।
भारत बिहार नवाधा थाना अक्बरपुर बस्ने ३८ वर्षीय शिव शंकर बब्लुलाई नेपालमा प्रतिबन्धित २ हजार दरका १ सय थान गरी जम्मा २ लाख भारतीय रुपैयाँ नगदसहित प्रहरीले पक्राउ गरेको छ ।
डिपार्चर रुममा काठमाडौंतर्फ जान लागेका यात्रुहरुलाई विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा शिव शंकरलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई बरामद नगद सहित आवश्यक कारबाहीको लागि क्षेत्रीय राजश्व अनुसन्धान कार्यालय पठाईएको छ ।