अपराध

मानव बेचबिखनका फरार प्रतिवादी २० वर्षपछि  पक्राउ

इकागज | माघ २७, २०७८

सिन्धुपाल्चोक- मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला साविक कुविण्डे गाविस–६ का हाल चौतारा साँगाचोकगढी नगरपालिका–४ बस्ने ५० वर्षीय चोपनाथ नेपाल रहेका छन् ।
 
उनलाई लुकीछिपी कुविण्डे क्षेत्रमा बसेका छन् भन्ने सूचनाका आधारमा बुधबार बेलुका ७ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बस्नेतले जानकारी दिए । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतको विसं २०५८ पुस १६ गतेको फैसलाले  नेपाललाई एक वर्ष छ महिना कैद सजाय तोकेको थियो ।

जिल्ला अदालतको बुधबार २६ गतेको आदेशले निजलाई लागेको कैद सजाय असुलका लागि बुधबार नै कारागार कार्यालय चौतारा चलान गरेको प्रनाउ बस्नेतले बताए । रासस

पूर्वमन्त्री बानियाँविरुद्ध बलात्कारको मुद्दा दर्ता गर्न बाँके प्रहरीकाे आलटाल

इकागज | माघ २६, २०७८

जुम्ला – बलात्कारको आरोप लागेका सांसद तथा पूर्वमन्त्री मोहन बानियाँविरुद्ध बाँके प्रहरीले जाहेरी द...