अपराध

युरेनियम कारोबारको आरोपमा ८ जना पक्राउ

इकागज | फागुन ३, २०७८

काठमाडौं । युरेनियम कारोबारको आरोपमा ८ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका वडा नं.१ घर भई हाल काठमाडाैँ बूढानिलकण्ठ नगरपालिका वडा नं.१० कपन बस्ने ३४ वर्षीय भुपेन्द्र खड्का, सिन्धुपाल्चोक, हेलम्बु गाउँ पालिका वडा नं.४ घर भई हाल काठमाण्डौ महानगरपालिका वडा नं.६ महाँकाल बस्ने ४० वर्षीय रामकृष्ण लामिछाने, ललितपुर महानगरपालिका वडा नं.१४ बस्ने ६० वर्षीय नवराज महत, सिराहा लक्ष्मीपुर पतारी गाउँ पालिका वडा नं.३ घर भई हाल काठमाडाैँ ठमेल बस्ने ४० वर्षीय गोपीलाल दास, साेही जिल्ला वरियापारपट्टी गाउँ पालिका वडा नं.१ घर भई हाल काठमाडाैँ ठमेल बस्ने ५५ वर्षीय जिवछ नारायण यादव, महोत्तरी घर भई हाल काठमाडाैँ गोकर्णेश्वर नगरपालिका वडा नं.७ शिवचोक बस्ने ३८ वर्षीय सुरेन्द्र प्रसाद चौधरी र भारत बिहार प्रदेश गया जिल्ला चनादहोता घर भएका ६३ वर्षीय उपेन्द्र कुमार मिश्र र ४४ वर्षीय राजु ठाकुर रहेका छन् ।

विशेष सूचनाका आधारमा हायात होटल पुगेको प्रहरीको विशेष टोली र महानगरीय प्रहरी वृत्त बौद्धको प्रहरीले सोमबार साँझ साढे पाँच बजे हायात होटलको पार्किङबाट महतसहित आठ जनालाई पक्राउ गरेकाे हाे । पक्राउ परेका मध्ये केही भारतीय पनि रहेका छन् ।

उनीहरूको साथबाट दुई किलो ८ सय ग्राम युरेनियमजस्तो देखिने पदार्थ बरामद भएको काठमाडाैँ महानगरी प्रहरी परिसरका प्रवक्ता तथा एसपी दिनेश मैनालले बताए। युरेनियमसँगै प्रहरीले कारसमेत नियन्त्रणमा लिएकाे छ । 

आणविक ऊर्जा तथा हतियार बनाउन प्रयोग हुने ‘युरेनियम’ बिक्री-वितरणमा उनीहरू संलग्न रहेको उनले बताए । उनका अनुसार प्रहरीले नै स्टिङ अपरेसन गरेर उक्त गिरोहलाई पक्राउ गर्न सफल भएकाे हाे । उनीहरु उपर ‘रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अर्न्तगत मुद्दामा अदालतबाट ७ दिनको म्यादथप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।  

राष्ट्रसंघमा जागिर लगाइदिने प्रलोभन देखाई ठगी गर्ने एक जना पक्राउ

इकागज | फागुन ३, २०७८

कास्की - आफूलाई संयुक्त राष्ट्रसंघको इन्जिनियर बताउने डोटी साबिक तोलेनी गाविस बस्ने २६ वर्षीय दिनेश सिंह...

पक्राउ परेका बलात्कार अभियुक्त भागे, प्रहरीले मिलेमतोमा भगाएको पीडितको आरोप

इकागज | फागुन ३, २०७८

महोत्तरी - सेटिङ्गमा जुवा खेलाएको भन्दै यसअघि आलोचना व्यहोरेको महोत्तरीका प्रहरी फेरि अर्को घटनाका ...