अपराध

त्रिभुवन विमानस्थलबाट प्रतिवन्धित भारतीय रुपैयाँसहित दुई जना पक्राउ

इकागज | फागुन २७, २०७८

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिवन्धित भारतीय रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा राहदानी नम्बर एबी २८७६४६६ वाहक ३२ वर्षीया वानविसा जन्तासन र राहदानी वन्बर एबी २८७९४३० वाहक ४१ वर्षीया वारापोर्न खुनसोमबाट रहेका छन् । 

उनीहरुलाई विमानस्थलबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट दुई हजार दरको चार थान र पाँच सय दरको ५७३ थान गरी कूल २ लाख ९४ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरिएको  छ । 

उनीहरु भिस्टार एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट भारतको नयाँ दिल्ली जान लागेको थिए । उनीहरुलाई एक्सरे मेसिनमा जाँच गर्ने क्रममा साथमा प्रतिबन्धित भारतीय रुपैयाँ फेला परेको थियो । 

हत्या गरेर बहराइन पुगेका अभियुक्तलाई १६ वर्षपछि प्रहरीले नेपाल ल्यायो

इकागज | फागुन २५, २०७८

पोखरा – आजभन्दा १६ वर्षअघि तत्कालीन लेखनाथमा एउटा हत्या भएको थियो । २०६३ को वैशाख २९ गते सुनसरी...