लागुऔषधसहित दुई जना पक्राउ
झापा - झापाको मेचीनगर नगरपालिका-५ नकलबन्दाबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । २०३ वटा वीन्स स्पामो फोर्ट नामक लागुऔषधसहित पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय अभिषेक श्रेष्ठ र भारतमा घर बताउने २० वर्षीय अनमोल प्रधान छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी नकलबन्दाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरूको साथमा उक्त लागुऔषध फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बराम लागुऔषधसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको जनाएको छ ।