अपराध

सुरुङ खनेर भागेका प्रतिवादी २० वर्षपछि पक्राउ

इकागज | माघ २५, २०७८

काठमाडाैँ – कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्तव्य ज्यान मुद्दाका फरार दोषीलाई २० वर्षपछि पक्राउ गरेको छ ।

आफ्नै श्रीमतीको हत्या गरेर फरार रहेका महावै गाउँपालिका–३ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदे टोल बस्ने ४५ वर्षीय धनराज सिंहलाई प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले पक्राउ गरेको प्रवक्ता एवं प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।

विसं २०५८ साउन २८ गते आफ्नै श्रीमतीको हत्या गरी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर सिंहलाई सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि २०५८ भदौ १४ गते कारागार चलान गरेको थियो । प्रहरीका अनुसार उनी २०५८ माघ २ गते सुर्खेत कारागारबाट सुरुङ खनेर फरार रहेका थिए ।

विसं २०६५ मङ्सिर १३ गते अदालतले अन्तिम फैसला गर्दै सिंहलाई २० वर्षको कैद सजाय तोकेको थियो । पक्राउ गरिएका सिंहलाई अदालतमा पेस गरेर कैद भुक्तानका लागि आजै सुर्खेत कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

ब्रान्डेड भन्दै कम गुणस्तरका सामग्री बिक्री गर्ने बराल प्रकाउ

इकागज | माघ २५, २०७८

काठमाडौँ- ब्रान्डेड भन्दै बर्दियाका विद्यालयहरूमा उच्च मूल्यमा कम गुणस्तरका विद्युतीय तथा स्टेसनरी साम...

गैँडाको खाग चोरी गरेको मुद्दामा फरार अभियुक्त २३ वर्षपछि पक्राउ

इकागज | माघ २५, २०७८

चितवन - गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ ग...