अपहरणकारी ठहरिएका अभियुक्त नौ वर्षपछि पक्राउ
काठमाडौँ– अदालतबाट अपहरणकारी ठहरिएका व्यक्ति नौ वर्षपछि पक्राऊ परेका छन् । पर्सा बहुदरमाई नगरपालिका–८ बस्ने ६५ वर्षीय बिनोद साह कानुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
साहलाई जिल्ला अदालत पर्साले २०६७ माघ २५ अपहरणकारी ठह¥याएको थियो । त्यसपछि पुनरावेदन अदालत हेटौंडाले पनि २०६९ चैत १४ अपहरणकारी ठह¥याउँदै सजायँ तोकेको थियो । अदालतबाट अपहरण मुद्दामा ९ वर्ष कैद र नगद ५० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो ।
तर अदालतको फैसलापछि साह फरार थिए । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका–१६ नगवाबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सामा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।