अपराध

अवैध बैंकिङ कारोबार गर्ने पक्राउ

इकागज | मंसिर २०, २०७८

भरतपुर - चितवनको भरतपुर महानगरपालिका–१० रिजालचोकमा रहेको मेक्स मि ई–कमर्स इन्टरनेशनलले अवैध रुपमा बैंकिङ कारोबार गर्न थालेपछि प्रहरीले सञ्चालकलाई पक्राउ गरको छ । 

नेपाल राष्ट्र बैंकबाट मान्यता ईजाजत प्राप्त रहेको भनी सर्वसाधारणलाई झुक्याउन सफल मेक्स मि ई–कमर्सले राम्रो ब्याज दिने आर्थिक प्रलोभनमा पारेर निक्षेप सङ्कलन र ऋण प्रवाह गर्दै आइरहेको थियो ।

ठगी गरेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले संस्थाका कार्यकारी निर्देशक पुष्पराज तिमिल्सेनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार तिमिल्सेना आफैले नेपाल राष्ट्र बंैकको नक्कली इजाजतपत्र तयार गरेको प्रारम्भिक अनसन्धानबाट खुल्न आएको छ । तिमिल्सेनाविरुद्ध ठगीसम्बन्धी अपराधको जाहेरीसमेत परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

दैलेखको आठबीस नगरपालिका–७ घर भई हाल भरतपुर–७ बस्ने वर्ष २७ का तिमिल्सेनालाई यही मङ्सिर ६ गते नै पक्राउ गरिएको थियो । उनलाई चितवन जिल्ला अदालतबाट आइतबार म्याद अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । रासस 
 

भुपेन्द्र बडुवाल हत्या प्रकरण : एउटै समूहमा मनमुटाव भएपछि हत्‍या

इकागज | मंसिर २०, २०७८

कैलाली - भुपेन्द्र बडुवाल हत्या प्रकरणमा पक्राउ परेकाहरूको अनुसन्धानबारे जिल्ला प्रहरी कार्यालय कैलालीले आ...

अरूकै फर्म प्रयोग गरी राजस्व छलीमा ४४ करोड ७३ लाख मागदाबी

इकागज | मंसिर १९, २०७८

काठमाडौँ - राजस्व अनुसन्धान कार्यालय बुटवलले कशौधन कवाड सप्लायर्सका प्रोपाइटर प्रमोदकुमार गुप्ताविरूद्ध ४४...