प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ
कैलाली - कञ्चनपुर प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई भीमदत्त नगरपालिका-१८ कटानबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कञ्चनपुर बेल्डाडी गाउँपालिका-५ घर भई हाल भीमदत्त नगरपालिका-१८ मा बस्दै आएका २२ वर्षीय नरेन्द्रप्रसाद भट्ट र भीमदत्त नगरपालिका-४ का ज्ञानेन्द्र महर्जन रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले भट्टको डेराबाट खैरो हेरोइन ४ ग्राम ४७ मिलिग्राम, लागूऔषध नापतोल गर्ने डिजिटल तराजु १ थान, विभिन्न कम्पनीका ८ थान मोबाइल, नगद ६४ हजार ५ सय रुपैयाँ र टिभिएस कम्पनीको लु ८१ प ३७०५ नम्बरको मोटरसाइकल समेत फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।