अपराध

काठ तस्करहरू प्रहरीमाथि जाइलागेपछि हवाइ फायर, गोलिया र मोटरसाइकल बरामद

इकागज | भदौ २८, २०७८

वीरगञ्ज – काठ तस्करहरू जाइलागेपछि प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिका– ४ फरहदवास्थित सामुदायिक जंगलबाट काठ तस्करी भएको सूचनाका आधारमा सोमबार अपराह्न ४ बजे प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो । 

सो क्रममा चार वटा मोटरसाइकलमा सवार आठ जना तस्करहरूले प्रहरीमाथि हातपात प्रयास गरेको प्रहरीले जनाएको छ । काठका दुई वटा गोलिया ल्याउँदै गरेको अवस्थामा चार वटा मोटरसाइकलसहित आठ जना तस्करहरूलाई रोकेर सोधपुछ गर्न खोज्दा प्रहरीमाथि जाइलागेपछि सुरक्षार्थ प्रहरी सहायक निरीक्षकले बोकेको पेस्तोलबाट ३ राउन्ड हवाइ फायर गरिएको प्रहरीले जनाएको छ । 

उनीहरूबाट भारतीय नम्बर प्लेटको बी आर २२ एफ ४१०८ र ना. ४० प ९३९६ नम्बरका गरी दुई वटा मोटर साइकल र काठको २ वटा गोलिया बरमद गर्न सफल भएको प्रहरीले जनाएको छ । फरार उनीहरूको खोजतलास तथा पहिचानको लागि आवश्यक पहल भइरहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

पर्साको ग्रामीण भेगमा काठ तस्कर र प्रहरीबीच झडप, ३ राउण्ड हवाइ फायर

इकागज | भदौ २८, २०७८

वीरगंज - पर्साको पटेर्वा सुगौलीमा आज बिहान काठ तस्कर र प्रहरीबीच झडप भएको छ । पटेर्वासुगौलीको फरहादवाक...

संखुवासभा घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयबाट टोली जाँदै

इकागज | भदौ २१, २०७८

काठमाडौँ- संखुवासभामा एकै परिवारको ६ जनाको हत्याको अनुसन्धान गर्न नम्बर १ प्रदेश प्रहरी कार्यालयबाट ...