अपराध

झापाको बिर्तामोडबाट युट्युबर पक्राउ

इकागज | भदौ ४, २०७८

झापा – व्यक्तिगत गोपनीयताको ख्याल नगरी भिडियो खिचेको आरोपमा झापास्थित बिर्तामोडबाट युट्युबर पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, अनारमनीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खगेन्द्र घिमिरे, हेमराज भट्टराई, सुवास कार्की र नाम नखुलेका एकजना रहेका छन् । बिर्तामोडको एक होटलमा खाजा खाइरहेका बेला कोठामा प्रवेश गरी बिनाअनुमित भिडियो खिचेर सार्वजनिक गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान हुने इलाका प्रहरी कार्यालयका प्रमुख, डीएसपी सन्तोस आचार्यले जानकारी दिए ।  १ भदौमा भएको घटनाको भिडियो सार्वजनिक भएपछि व्यक्तिगत गोपनीयता हनन् भएको भन्दै पीडितले दिएको सुचनाका आधारमा युट्युबर प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

युट्युबरले आफूहरूको व्यक्तिगत कुरा बाहिर ल्याएको भन्दै भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो । घटनामा संलग्न थप केही युट्युबरको खोजी भइरहेको झापा प्रहरीले जनाएको छ ।

बलात्कारको घटना मिलापत्र गराउने प्रहरी सहायक निरीक्षक बाेगटी निलम्बनमा

इकागज | भदौ ३, २०७८

कैलाली - बालिका बलात्कारको घटनमा मिलापत्र गराएको आरोपमा गोदावरी नगरपालिका ६ मा रहेको अस्थायी प्रहरी प...

कृसलाको हत्यामा संलग्‍न दुई युवक सार्वजनिक, बदला लिन हत्या गरेको बयान

इकागज | साउन ३२, २०७८

विराटनगर - उदयपुरको त्रियुगा नगरपालिका–६ की १६ वर्षीया कृसला चौधरीको हत्यामा संलग्न रहेको आरोपम...

विद्यालय प्रांगणमा खेलिरहेकी ९ वर्षीया बालिकामाथि बलात्कार प्रयास

इकागज | साउन २९, २०७८

वीरगञ्ज - पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ३ महेन्द्रनगरकी ९ वर्षीया बालिकामाथि बलात्कार ...