अपराध

चौधरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

इकागज | असोज १८, २०७८

काठमाडाैँ - नागरिकताको प्रतिलिपि बनाउनको लागि घुस लिएको आरोप लागेका नायव सुब्बा उमेशकुमार चौधरीमाथि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायव सुब्बा चौधरीले सेवाग्राहीसँग नागरिकताको प्रतिलिपि बनाउन आठ हजार ५०० रुपैया घुस लिएको आरोप छ ।

प्रतिलिपि बनाउनको लागि विभिन्न बहाना बनाएर घुस माग गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले चौधरीलाई नियन्त्रणमा लिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

अनुसन्धानको क्रममा चौधरीले जन्म मिति सच्याइ नागरिकताको प्रतिलिपि बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग उक्त रकम बराबरको घुस माग गरी लिएको अख्तियारको दाबी छ । 

चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगो आठ हजार पाँच सय रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजायका लागि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । 

भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस, डिभी परेर अमेरिका जान लाग्दा खुल्‍यो पोल

इकागज | असोज १४, २०७८

काठमाडौँ - इडिभी २०२१ मा नाम निकाली अमेरिका जानका लागि भिसा प्रक्रियामा सहभागी केही व्यक्तिले नक्कली श...

पछिल्‍लो दुई महिनामा ५६ महिला तथा बालबालिकाको सीमाक्षेत्रबाट उद्धार

इकागज | असोज १४, २०७८

भैरहवा - रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा ...

मृत्यु भइसकेकाको सामाजिक सुरक्षा भत्ता लिने पाँच जनाविरुद्ध मुद्दा दर्ता

इकागज | असोज १३, २०७८

काठमाडौँ -  उदयपुरको रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँचजनाविर...